रम्फूमा क्याप-को क्षेत्रीय कार्यालयको उद्घाटन

IMG-20250124-WA0246

गान्तोक: २०२४ को लोकसभा अनि विधानसभा चुनाउ पछिको राज्यको एकमात्र सक्रिय विपक्षी राजनीतिक पार्टी सिटिजन एक्शन पार्टी, सिक्किमले पूर्व सिक्किमको आइबीएम रम्फूमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ। आज एउटा कार्यक्रमबीच पार्टी अध्यक्ष गणेश कुमार राईको बाहुलीबाट कार्यालयको विधिवत उद्घाटन गरियो। यस अवसरमा पार्टीका शीर्ष पदाधिकारी अनि कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, सिटिजन एक्शन पार्टी, सिक्किमले आगामी २६ जनवरीको दिन यसै कार्यालयमा भारतको ७६औं गणतन्त्र दिवस साथै पार्टीको तेस्रो स्थापना दिवस पालन गर्नेभएको छ। २६ जनवरी २०२३ को दिन स्थापना भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement