गान्तोक: राज्यसभा सांसद दोर्जी छिरिङ (डीटी) लेप्चाले आज राज्यमा रम्फूदेखि राजधानी गान्तोकसम्म रेलमार्ग स्थापना सम्बन्धमा पश्चिम बङ्गालको अलिपुरद्वार र कटिहार रेलवे डिभिजनका अधिकारीहरूसँग एउटा महत्वपूर्ण बैठक गरेको समाचार प्राप्त भएको छ। बैठकमा रम्फू-गान्तोक रेलमार्ग सम्बन्धमा विस्तृत रुपमा चर्चा भएको बताइएको छ। प्राप्त जानकारीअनुसार रम्फू-गान्तोक रेलवे परियोजनाको सर्वेक्षण अगावै पूरा भइसकेको छ र काम चाँड़ै पूरा हुनेछ।