तीनधारेमा‌ भईरहेको नगदराशि क्रिकेट टुर्नामेन्टमा सिविटार युनाइटेड बिजयी

IMG-20250124-WA0228

खरसाङ: तीनधारेको सत्र माइलको युवाहरुको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको नगदराशि क्रिकेट टुर्नामेन्टमा सिविटार युनाइटेड सजिलै बिजय बनेको छ। शुक्रबार भएको खेल सिविटार युनाइटेड र मालुटारमाझ सम्पन्न भएको छ। तर यो खेल पानी-झरी र फगिको कारणले निक्कै ढिलो शुरु भएको थियो अनि ओभर घटाएर केवल १०-१० ओभरको गरिएको थियो। यस खेलमा सिविटार युनाइटेडले टस जितेर पहिला फिल्डिङ रोजेको कारणले मालुटारले पहिला ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ७३ रन बनाएको थियो। मालुटारको पक्षले अभिजित झाले सर्वाधिक ४० रन बनाएका थिए‌ भने सिविटारको लागि बिक्की तामाङले‌ २ विकेट, पमीर राईले‌ २ विकेट, सत्यव्रत र अभीषेकले १-१ विकेट लिएका थिए। ७४ रनको लक्ष्यलाई खेदो गर्दै सिविटार युनाइटेडले केवल ८ ओभर ३ बलमा जीत हाँसिल गरेको थियो। सिविटार युनाइटेडको तर्फबाट सुकचन्द्र राईले २८ रन, बिक्की तामाङले‌ २४ रन सत्यव्रतले १८ रन बनाएका थिए‌। यस खेलमा म्यान अफ् द म्याच सिविटार युनाइटेडको सत्यव्रत राजपुत चयन भएका छन्‌। शुक्रबारको दोस्रो खेल पानी झरी खराब मौसमको कारणले रध्द गरिएको आयोजक समितिको तर्फबाट असीत राईले जानकारी गराएका छन्‌‌।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement