जंगपाना चियाबारीमा‌ भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250124-WA0225

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत चौथो सांगठनिक सभा जंगपाना चियाबारीमा‌ सम्पन्न भएको छ। उक्त सभा सोनाम लामाको अध्यक्षता र ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, पञ्चायत समिति सदस्य सदस्यहरु कुसाङ लामा र सरिता मुखिया आदिले वक्तव्य राखेका थिए‌ वक्ताहरुले पार्टीको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरु विषयमा चर्चा परिचर्चा गर्दै वक्तव्य राखेका थिए। यसै सभामा जंगपाना चियाबारीमा‌ युवा शक्ति र नारी शक्तिको शाखा कमिटी गठन गर्नलाई संयोजकहरु चयन गरिएको छ। यसम माथिल्लो जंगपानाको लागि नारी शक्तिमा‌ रञ्जना छेत्री र युवा शक्तिमा सञ्जय गुरुङ र जयदीप तामाङ चयन भएका छन्। त्यसरी नै तल्लो जंगपानाको लागि नारी शक्तिमा‌ अञ्जिता छेत्री र युवा शक्तिमा सन्तोष गुरुङ चयन भएका छन्‌। यी संयोजकहरुकै नेतृत्वमा जंगपाना चियाबारीको तल्लो र माथिल्लो जंगपानामा भागोप्रमोको नारी शक्ति र युवा शक्तिको शाखा कमिटी एक हप्ताभित्रमा गठन गर्ने निर्देशन समष्टि कमिटीले दिएको छ। सभामा महानदी ग्राम पञ्चायतको पञ्चायत सदस्य राजीव तामाङ र रञ्जना छेत्री पनि उपस्थित रहेका थिए। यस सांगठनिक सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत चौथो सभा जंगपाना चियाबारीमा‌ सम्पन्न भएको र सभामा वक्ताहरुले पार्टीको सांगठनिक गतिविधि र पार्टीगत भावी योजनाहरु साथै शाखा कमिटी गठन विषयमा चर्चा परिचर्चा गरेको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement