सिलगढी: असमको सोनितपुरमा गोर्खा समुदायले राखेको एक भव्य कार्यक्रममा सिटोङका सामाज सेवक बिक्रम राईलाई सम्मान जनाएको छ। असम राज्यको संसद, मन्त्रीलगायत विभिन्न तहका व्यक्तिहरूको उपस्थितिमा धेरै संख्यामा मानिसहरूको उपस्थिति रहेको कार्यक्रममा बिक्रम राईलाई सम्मान जनाइएको होl केहि महिना अघि मात्रै राष्ट्रिय पुरस्कारले सम्मानित बिक्रम राई देश विदेश सबै राज्य क्षेत्रहरूबाट सम्मानित भएर दार्जीलिङ पहाडलाई गौरवान्वित बनाउन सक्षम बनेका छन भने उतिकै उनले समाजलाई आफ्नो जीवन पनि अर्पण गरेका छन। हालै सिलगढी मिलन मोडबाट ‘युवा प्रेरणा’द्वारा सम्मानित बिक्रम राईले आफू सानो मान्छेलाई यसरी उर्जा प्रदान गरेकोमा सबैलाई आभार प्रकट गरेका छन्।