स्कुल बस र स्कुटर ठोक्किँदा दुई जना घाइते

IMG-20250124-WA0152

सिलगढी: शुक्रबार बिहान शहरको स्वामीजी मोर क्षेत्रमा सडक दुर्घटना भएको छ। वार्ड नम्बर १४ स्थित हरिजन बस्तीका निवासी अर्जुन हेला आफ्नो छोरासँग स्कुटरमा चौबाटोबाट जाँदै गरेको बताइएको छ। त्यही बेला अर्को तर्फबाट एउटा निजी स्कूलको बस आउँदै थियो। अचानक स्कूल बस चालकले आफ्नो अगाडि एउटा स्कुटर देख्यो र गति नियन्त्रण गर्न नसकेर स्कुटरलाई ठक्कर दियो। घटनामा अर्जुन हेला र उनको नानी गम्भीर घाइते भएका छन्। तर, स्थानीयले चालकले लापरवाहीपूर्वक बस चलाएको गुनासो गरेका छन्। यसैकारण यो दुर्घटना भएको बताइएको छ। घटना लगत्तै सिलगढी महानगरीय पुलिसको पानीट्याङ्की चौकीको पुलिसलाई खबर गरियो। खबर पाउने बित्तिकै पुलिस घटनास्थलमा पुगेर स्कूल बस र बस चालकलाई नियन्त्रणमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement