शमी अनफिट रहेको खबरहरूलाई खारेज गरे अर्शदीपले

IMG-20250124-WA0128

नयाँ दिल्ली: भारतीय पेस बलर अर्शदीप सिंहले ईंग्ल्याण्डविरुद्ध टी२० सीरीजको शुरुवातपछि मोहम्मद शमीको चोटको अड़कलहरूलाई खारेज गरेका छन्। बुधवार कलकत्ताको ईडन गार्डन्समा ईंग्ल्याण्डविरुद्ध खेलिएको सीरीजको पहिलो टी२० इण्टरनेशनल म्याचमा ३४ वर्षीय शमीले हिस्सा लिएनन्। यसैकारण धेरैले उनी अनफिट रहेको बयान दिएका थिए तर अर्शदीपले चाहिँ शमीको फिटनेस चिन्ताहरूलाई खारेज गरेका छन्। अर्शदीपले भने, शमीलाई ईंग्ल्याण्डविरुद्ध सीरीजको रहल म्याचहरूमा देख्न सकिनेछ। अब केही दिनको प्रतीक्षा गर्नुहोस्। तपाईंले उनलाई बलिंग गरिरहेको देख्नु हुनेछ अनि सबैले भरपूर आनन्द लिन सक्नुहुनेछ। अर्शदीपले नेट सेशनमा शमीको बलिंगमाथि पनि चर्चा गरे। उनले भने, हामीले केही दिन अघि मात्र उनको (शमी) बलिंगबारे चर्चा गरिरहेका थियौं। बलिंग गर्दा उनको हातबाट अविश्वसनीय तरिकाले बल निस्किरहेको छ। उनले असल फर्ममा बलिंग गरिरहेका छन्। हामीलाई त २२ साल अघिको शमीले बलिंग गरिरहेको जस्तो लागिरहेको छ। उनको फिटनेसबारे कुनै चिन्ता छैन।
यसरी कप्तान सूर्यकुमार यादवले पनि शमीको आगमनमा खुशी व्यक्त गरेका छन्। भारतीय कप्तानले भने, टोलीमा एकजना अनुभवी बलर रहँदा सदा राम्रो हुन्छ अनि उनी एक सालभन्दा अधिक समयपछि खेलमा फर्किएका छन्। म उनलाई मैदानमा बलिंग गरिरहेको हेर्न उत्साहित छु। उल्लेखनीय छ, मोहम्मद शमीले भारतीय टीमको निम्ति अन्तिमपल्ट वनडे वर्ल्ड कप २०२३-को फाइनलमा खेलेका थिए। त्यस म्याचपछि उनी राष्ट्रिय टीमबाट बाहिर रहेका छन्। उनले खुट्टाको चोटबाट मुक्ति पाउन सर्जरी गराउनु परेको थियो। शमी हालै फिट भएर घरेलु क्रिकेटमा फर्किएका थिए अनि यसपाली ईंग्ल्याण्डविरुद्ध टी२० सीरीजको निम्ति उनलाई भारतीय टीममा सामेल गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement