सिच्छेमा सम्पन्न भयो सडक सुरक्षा जागरूकता अभियान

n6488824951737654038808fae96991f2e0ffa7f35cd9b103bb955b567ebb78b05e8a1a18f4be8bf2cf681c

गान्तोक: राष्ट्रिय सडक सुरक्षा महिना २०२५ अन्तर्गत सडक सुरक्षा जागरूकता अभियानको चौथो दिन सिक्किम ट्राफिक पुलिस गान्तोक/पाकिम जिल्ला र नेहरू युवा केन्द्र गान्तोकले बुधवार सिच्छेस्थित जिल्ला अदालत ट्याक्सी स्ट्यान्डमा एक कार्यक्रम आयोजना गऱ्यो।
कार्यक्रममा सडक सुरक्षा प्रशिक्षक नरेन राई (ट्राफिक निरीक्षक) स्रोत व्यक्ति थिए।
अर्जुन प्रधान, एनएसएस पीओ, सिच्छे एसएसएसले आफ्नो स्वागत भाषणमा प्रत्येक वर्ष जागरूकता अभियानको आवश्यकताको बारेमा जानकारी गराए। ट्राफिकका डीएसपी बिमल गुरुङले ट्याक्सी/जीप चालकहरूलाई उत्प्रेरित गर्दै उनीहरूलाई मर्यादा कायम राख्न सल्लाह दिए। सडक सुरक्षा प्रशिक्षक एएसआई नरेन राईले केन्द्रिय मोटर वाहन ऐन १९८८, मोटर वाहन संशोधन ऐन २०१९ र सिक्किमका लागि अन्य सान्दर्भिक ट्राफिक नियमहरूको बारेमा विस्तृत जानकारी गराए।
अनुगमन कार्यक्रममा अन्तर्गत ट्राफिक पुलिसको निगरानीमा माईभारत स्वयंसेवकहरूद्वारा सिच्छेमा ट्राफिक स्वयंसेवा गतिविधिहरू सञ्चालन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement