जीओसी मेजर जेनरल राठौरको राज्यपालसित भेट

IMG-20250123-WA0271

गान्तोक: १७ माउन्टेन डिभिजनका जेनरल अफिसर कमान्डिङ मेजर जेनरल एमएस राठौरले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरे। राजभवनमा भएको भेटको क्रममा जीओसी एमएस राठौरले राज्यपाललाई देशभरि युद्धभूमि पर्यटन प्रवर्द्धन गर्न भारत सरकारको एक अद्वितीय पहल ‘भारत रणभूमि दर्शन’ बारे जानकारी गराए। भारत रणभूमि दर्शनअन्तर्गत; नाथुला डोकाला पासबारे पनि उल्लेख गरे। १९६७ मा, नथुलामा भारतीय सेना र चीन सेनाबीचको ठूलो झडप भएको थियो र डोकालामा गतिरोध देखा परेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको विभिन्न योजनाबारे उल्लेख गर्दै राज्यपालले भारत रणभूमि दर्शन कार्यक्रमको सूचीमा नथुला सिमा डोकाला र चोला सीमा समावेश गर्नु प्रधानमन्त्री नरेन्द्र मोदीको दुरदर्शी नेतृत्वको कारणले मात्र सम्भव भएको हो भन्दै जसले हाम्रो देशका मानिसहरूलाई भारतीय सेनाको वीरताबारेमा जानकारीसितै ऐतिहासिक युद्धभूमिहरूको अन्वेषण गर्न मदत गरेको बताए। राज्यपालले डोकाला नजिकै रहेको डिचु गाउँको पहिलो सीमावर्ती गाउँको विकासको बारेमा पनि जायजा लिए र हालै डोकालाको भ्रमण गरेको जानकारी दिए। राज्यपालले सेनाको १७ माउन्टेन डिभिजनका जीओसीलाई उक्त सिनमावर्ती गाउँणबासीका समस्याबारे सम्बोधन गर्ने आग्रह पनि गरेका थिए। भारतीय सेनाले पर्यटन मन्त्रालयसँगको सहकार्यमा भारत रणभूमि दर्शन शुरु गरेको छ। जसले सियाचिन, कारगिल र गलवान सहित ७७ रणभूमि स्थलहरूलाई योजनाभित्र गाभ्ने तयारी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement