२६ मा क्याप-ले तेस्रो स्थापना दिवस पालन गर्ने

IMG-20250123-WA0273

गान्तोक: गत विधानसभा अनि लोकसभा चुनाउपछि हाल राज्यको एकमात्र सक्रिय विपक्षी राजनीतिक पार्टी सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप) ले आगामी २६ जनवरीको दिन पूर्व सिक्किमको रम्फूस्थित सर्कल अफिसमा देशको ७६औं गणतन्त्र दिवस समारोहसँगै पार्टीको तेस्रो स्थापना दिवस पनि पालन गर्ने भएको छ। त्यस दिनको समारोहमा विविध कार्यक्रमको साथमा पार्टी अध्यक्ष गणेश राईको सम्बोधन प्रमुख रहने पार्टी सूत्रले जानकारी गराएको छ।
उल्लेखनीय छ, २६ जनवरी २०२३ मा गणतन्त्र दिवसकै दिन सिटिजन एक्शन पार्टी, सिक्किमको स्थापना भएको हो। दक्षिण सिक्किमको मल्लीमा एउटा जनसभाबीच पार्टीको आधिकारिक घोषणा गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement