गान्तोक: बस एण्ड कार अपरेटर्स कन्फेडरेशन अफ् इण्डिया (बीओसीआइ) द्वारा आयोजित पब्लिक ट्रान्सपोर्टसित सम्बन्धित राष्ट्रिय उत्सव प्रवास 4.0मा स्मल स्टेट ट्रान्सपोर्ट यूनिट वर्गमा सिक्किम नेश्नलाइस्ड ट्रान्सपर्ट (एसएनटी) ले पिपल्स चोइस अवार्ड २०२४ प्राप्त गरेको छ। उल्लेखनीय छ, देशभरिका 6 हजारभन्दा अधिक ट्रान्सपोर्ट यूनिटलाई एउटै मञ्चमा ल्याएर यो कार्यक्रम आयोजना गरिने गर्छ। यस विशेष उपलब्धीको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङले हर्ष व्यक्त गर्दै एसएनटी साथै सम्पूर्ण राज्यवासीलाई बधाई दिएका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा एसएनटी-को उपलब्धी बारे जानकारी गराउँदै लेखेका छन्, यो सम्मानले एसएनटी-को यातायात सेवाहरू बढाउने साथै यात्रालाई सबैका लागि अझ सुलभ र सुविधाजनक बनाउने अटल प्रतिबद्धतालाई जोर दिन्छ। कुनै समय राज्यको जीवनरेखा रहेको एसएनटी आफ्नो उद्देश्यप्रति सत्य र अटल रहँदै यात्रीहरूलाई उत्कृष्ट सेवा दिँदै आएको छ।
मुख्यमन्त्री तामाङले यस विशेष उपलब्धीको निम्ति एसएनटी परिवारलाई बधाई दिँदै भविष्यमा आज धरै सफलताको निम्ति शुभकामना व्यक्त गरेका छन्।











