दार्जिलिङ: दार्जिलिङमा एक होटलमा आगो लागेपछि वरपर धेरै खैलाबैला मच्चियो। होटलमा बास बसेका पर्यटकहरूलाई बाहिर निकालियो। तर यस घटनामा कुनै प्रकारको ज्यानहानि भएको समाचार छैन।
सूत्र अनुसार, चौरास्ता संलग्न एक होटलबाट अपरान्ह धुँवा निक्लिरहेको देखियो। जसलाई देख्नसाथ होटलका कर्मचारीहरूले दमकल विभागलाई सूचित गरे। पछि पर्यटकहरूलाई होटलबाट बाहिर निकालियो। सूचना पाएर दमकलका दुईवटा इञ्जीन घटनास्थलमा पुग्यो अनि आगोलाई नियन्त्रण गऱ्यो। आगलागीको कारण स्पष्ट भएको छैन। तर बताइँदैछ, आगो होटलको भान्सा घरमा लागेको थियो। पुलिस घटनाको जाँचमा जुटेको छ।











