मेचपाडा चिया बगान आजदेखि खोलियो

Screenshot_20250123_214506_Google

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कालचिनी खण्डको मेचपाडा चिया बगान आजदेखि पुन खोलियो। धेरै दिनदेखि यो बगान अचल अवस्थामा थियो।बगान खोसिएपछि आज बिहान कमानका श्रमिकहरू पुन काममा गएको देखियो। प्राप्त जानकारी अनुसार, गत ९ जनवरीको दिन मेचपाडा चिया बगान व्यवस्थापकले बन्द गरेको थियो। त्यसपछि मंगलवार श्रम विभागले त्रिपक्षीय बैठक आयोजना गर्यो। उक्त बैठकमा मेचपाडा चिया बगान खोल्ने निर्णय गरिए अनुसार आज बिहानदेखि बगान खोलिएको छ। यता, बगान खोलिए पछि श्रमिकहरूको अनुहारमा खुशी देखा परेको छ। हाल मुख्यमन्त्रीको अलिपुरद्वार भ्रमणको क्रममा अलिपुरद्वार जिल्ला अन्तर्गत दुई वटा चिया बगान खोलिएको छ। स्मरण रहोस, मदारीहाट ब्लकको दलमोड चिया बगान हिज बुधबारदेखि खोलियो। यसबाहेक, गत २० जनवरीमा डुवर्सको तीन वटा चिया बगान तोर्षा, कालचीनी र रायमाटाङ पनि खोलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement