महाकुम्भ २०२५ मा पूर्वोत्तरका पत्रकारहरूको पीआईबी प्रेस भ्रमण आज समाप्त

IMG-20250123-WA0018
  • पत्रकारहरूले प्रयागराजमा भारतको समृद्ध संस्कृति, आस्था र आध्यात्मिकताको सङ्गम देखे

प्रयागराज: पूर्वोत्तर क्षेत्रका चौध पत्रकारहरूको एक टोलीले पवित्र शहर प्रयागराजमा महाकुम्भ मेला २०२५ को भव्यता अवलोकन गरेको छ। पत्रकारहरू पत्र सूचना कार्यालय र उत्तर प्रदेश सरकारको तत्त्वावधानमा पत्रकार भ्रमणमा थिए। पत्रकारहरूले गङ्गा, यमुना र सरस्वती नदीहरूको पवित्र सङ्गमको पत्ता लगाउनका लागि यात्रा शुरु गरे। टोलीले मेलाको महत्त्व र मेला परिसरमा विशाल जमघटको लागि गरिएको व्यवस्थाको भव्यता बुझ्न धेरै पवित्र स्थलहरूको भ्रमण गर्‍यो। महाकुम्भ २०२५ एक वैश्विक आकर्षण हो, जसले पत्रकारहरूलाई त्यहाँका प्रथा, तीर्थयात्री साथै पूज्य साधु, प्रसिद्ध नागा साधुहरूको बारेमा जान्नका लागि एक मञ्च प्रदान गर्‍यो, जसको तपस्वी जीवनशैली विस्मयकारी तथा यस अनुभवको लागि केन्द्रीय दुवै हुन्।

भ्रमणको क्रममा उनीहरूले उत्तर प्रदेश दर्शन मण्डपमको भ्रमण गरे, जुन उत्तर प्रदेश सरकारले आयोजना गरेको विशेष प्रदर्शनी हो, जसले राज्यका सांस्कृतिक, आध्यात्मिक र ऐतिहासिक सम्पदाको व्यापक दृश्य प्रस्तुत गर्दछ। उनीहरूले कलाग्रामको पनि भ्रमण गरे, जुन एक कला तथा सांस्कृतिक केन्द्र हो, जसले भारत सरकारको संस्कृति मन्त्रालयद्वारा स्थापित भारतको समृद्ध शिल्प कौशल र विविध परम्पराहरूलाई प्रदर्शित गर्दछ।

कलाग्रामले प्रदर्शनकारी, दृश्य र साहित्यिक कलाकारहरूलाई आफ्नो असाधारण कौशल र समय-सम्मानित परम्पराहरूलाई प्रदर्शित गर्नका लागि एक मञ्च प्रदान गर्दछ। यसले सबै कलाकारहरूलाई एउटै छानामुनि ल्याउँछ। यस अतिरिक्त, इमर्सिभ कल्चरल एक्सपेरियन्स शीर्षकको ५डी प्रदर्शनीको पनि प्रेस भ्रमणको एक भागको रूपमा सामेल गरिएको थियो। यसले गङ्गा अवतारन र समुद्र मन्थनको कथा वर्णन गर्‍यो, जसको कथालाई ३६० डिग्रीको शानदार दृश्य, मनमोहक ध्वनि परिदृश्य र अत्याधुनिक प्रविधिको माध्यमद्वारा जीवन्त बनाइएको थियो। उत्तर पूर्व क्षेत्र सांस्कृतिक केन्द्र (एनईजेडसीसी) ले बाँस र बेतका शिल्पकला, असमीय रेशमी साडी, हस्तनिर्मित मुखौटो, आदिवासी गहना र अन्य धेरै स्वदेशी उत्पादहरूलाई प्रदर्शित गर्नका लागि स्टल स्थापना गर्‍यो। कुम्भ मेलामा देश र विदेशबाट लाखौँ तीर्थयात्रीहरूलाई आकर्षित गर्दछ। यो कार्यक्रम सांस्कृतिक आदान-प्रदान र मिडिया आउटरिचको लागि एक महत्त्वपूर्ण अवसर हो अनि र यो प्रेस टुरको उद्देश्य पूर्वोत्तर क्षेत्रका पत्रकारहरूलाई भारतको आध्यात्मिक परिदृश्यमा अद्वितीय जानकारी प्रदान गर्नु थियो। उनीहरूले कुम्भ मेलामा आस्था, भक्ति र एकताको जीवन्त प्रदर्शन देखे।

धार्मिक र सांस्कृतिक अनुभवहरूको अतिरिक्त, प्रेस टुरले नेटवर्किङ र पूर्वोत्तर तथा देशका अन्य हिस्साहरूको मिडियाहरू बीच बृहत्तर सहयोगलाई बढायो दिनका लागि एक मञ्चको रूपमा काम गर्‍यो, जसले भारतको सांस्कृतिक र धार्मिक परिवेशमा कुम्भ मेलाको महत्त्वबारे जागरूकता पैदा भयो। उत्तर प्रदेश सरकार र पीआईबी पूर्वोत्तरको तर्फबाट भारतका विविध क्षेत्रका पत्रकारहरूलाई यसरी एक महत्त्वपूर्ण कार्यक्रममा सामेल गर्ने यो पहिलो राष्ट्रिय एकतालाई मजबुत गर्ने र आस्था र संस्कृतिको यो भव्य उत्सवमा देशको हरेक हिस्साको प्रतिनिधित्व गर्ने कुरा सुनिश्चित गर्ने महत्त्वलाई रेखाङ्कित गर्दछ। केही पत्रकारहरूले गङ्गा, यमुना र ‘रहस्यमय’ सरस्वती नदीहरूको पवित्र सङ्गमस्थल पवित्र त्रिवेणी सङ्गममा पनि डुबुल्की लगाए। पत्रकारहरूले आज आफ्नो भ्रमण समाप्त गरे। उनीहरूले आफ्ना अनुभव र अन्तर्दृष्टिलाई आफ्ना पाठकहरूसँग  साझा गर्नेछन्, जसले विविधतामा एकतालाई उजागार गर्दछ, जसले भारतको भावनालाई परिभाषित गर्दछ। -पीआईबी   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement