दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको त्तत्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा प्लेईंग सेवेन (नेपाल)-ले फाइनलमा स्थान बनायो। बिहीवार भएको दोस्रो सेमिफाइनल म्याचमा प्लेईंग सेवेन (नेपाल)-ले रोयल फूटबल क्लबविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट मौसम राईले २ गोल गरे। यसबाहेक सौरप कार्की र शेखर राईले १-१ गोल गरे। यसरी रोयल एफसीको तर्फबाट करण थापा र सुराग छेत्रीले १-१ गोल गरे। मौसम राईले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। अब आइतवार (२६ जनवरी) खेलिने फाइनलमा प्लेईंग सेवेन (नेपाल) र मानेभञ्ज्यांग फूटबल क्लबबीच भिड़न्त हुनेछ । यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











