१८औं सुकना गोल्ड कपः कालेबुङ पुलिस फाइनलमा, रोलिंग क्लबसँग भिड़न्त तय

photocollage_202512320565452

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा कालेबुङ पुलिसले एकतर्फी जीतको साथ फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत बिहीवार सुकना हाई स्कूल मैदानमा खेलिएको दोस्रो सेमिफाइनल म्याचमा कालेबुङ पुलिसले सुकना युनाइटेड फूटबल क्लबविरुद्ध ७-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एण्ड्रिएसले ह्याट्रिक गरे। उनले म्याचको १६औं, ३३औं र ७०औं मिनटमा गोल गरे। यसबाहेक अनिवेश गुरुङले तेस्रो मिनट, सप्तक शेर्पाले २५औं मिनट, आदर्श तामाङले ३९औं र रोहन तामाङले ८७औं मिनटमा गोल गरे। यसरी सुकना युनाइटेडको तर्फबाट म्याक्सवेलले ४७औं मिनटमा गोल गरे। एण्ड्रिएसले प्लेयर अव् द म्याच को पुरस्कार जिते। अब शनिवार (२५ जनवरी) खेलिने फाइनलमा कालेबुङ पुलिस र रोलिंग क्लब (धुलाबारी, नेपाल)-बीच भिड़न्त हुनेछ।

१८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement