तीनधारेमा भईरहेको क्रिकेट टुर्नामेन्टमा मिरिक सजिलै बिजयी

IMG-20250123-WA0254

खरसाङ: तीनधारेको सत्र माइलको युवाहरुको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको क्रिकेट टुर्नामेन्टमा बिहीबार भएको खेलमा मिरिक सजिलै बिजय भएका छन्‌। बिहीबार भएको खेलमा मिरिकले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएका थिए‌। मिरिकको तर्फबाट क्रितेस छेत्रीले‌ ५२ रन अनि बिनायकले नाबाद ४२ रन बनाएका थिए। १४१ रनको लक्ष्यलाई खेदो गर्दै मन्टिभियट खरसाङले १४ ओभर ५ बलमा सबै विकेट गुमाएर केवल ७० रन मात्रै बनाएका थिए। यस खेलमा मिरिक सजिलै बिजय बनेका थिए।‌ यस खेलमा म्यान अफ् द म्याच मिरिकको क्रितेस छेत्री चयन भएका छन्‌‌। अब शुक्रबार हुने खेल अन्तर्गत पहिलो खेल सुविटार र मालुटारमाझ हुने भएको छ भने दोस्रो खेल बाघगौडा र कार वासमाझ हुने भएको आयोजक समितिको तर्फबाट असीत राईले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement