मालदामा फेरि पुलिसमाथि चलाइयो गोली, दुई जना पक्राउ

IMG-20250123-WA0243

मालदा: मालदाको कालियाचकमा अवैध कफ सिरप बरामद गर्ने क्रममा पुलिसमाथि गोली चलाएको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। घटनामा कुनै पनि पुलिस घाइते नभएको पुलिस स्रोतले जनाएको छ। यस घटनामा पुलिसले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको नाम वरुण मण्डल र मिथुन शेख हो। दुवै जना कालियाचक पुलिस चौकी क्षेत्रका बासिन्दा हुन्। उनीहरुबाट १०० बोतल फेन्सिडिल खोकीको सिरप, ७ एमएमको पेस्तोल, दुईवटा कारतूस, एउटा म्यागजिन र एउटा फायर गरिएको कार्तूस बरामद भएको छ। पुलिसले उनलाई गोलापगञ्जको सहिलापुरबाट पक्राउ गरेको समाचार छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement