शिलोङ: केन्द्र सरकारले मेघालयमा रेलवे परियोजनाहरूको कार्यन्वयनबारे आएको अनिश्चितताबीच राज्य सरकारलाई प्रस्तावित योजनालाई अघि बढाउन वा भूमि अधिग्रमणको निम्ति आवन्टित दुई सय करोड रुपियाँ फिर्ता गरियोस् भन्ने निर्देश दिएको छl मुख्यमन्त्री कोनराड के संगमाले बिहीबार पत्रकार सम्मेलनमा यसबारे जानकारी दिए। मुख्यमन्त्रीका अनुसार, हालैमा उनले केन्द्रीय रेलमन्त्रीसित भेट गरेर बनिर्हाट एवं शिलङमा रोकिएको रेलवे पहरियोजनामाथि चर्चा गरेक थिए। उनले भने, ‘यस प्रकारको मुद्दाको लागि जनता एवं हितधारकहरूलाई सामेल गर्न आवश्यक छ। यसमा समय र सहमतिको पनि खाँचो पर्छ।’ उनले भने, ‘रेलमन्त्रीले आश्वासन दिएका छन्, आगामी केही महिनामा यस मुद्दामा फलोअप गर्नेछन्। यदि त्यसबेलासम्ममा कुनै समाधान भएन पनि राज्यले दुई सय करोड रुपियाँ फर्काउनुपर्छ।’ जसमा २२ किलोमीटर लामो तेतेलिया-बर्निहाट लाइन र १०८ 08 किलोमीटर लामो बर्निहाट-शिलङ लाइन केन्द्र सरकारले मेघालयमा दुई प्रमुख रेलवे परियोजना प्रस्तावित गरेको थियो। मुख्यमन्त्री संगमाले भने, ‘स्थानीय समुदायहरूको चिन्तालाई ध्यानमा राखेर सन्तुलित दृष्टिकोण अप्नाउन आवश्यक छ।’











