तीनधारे महानदी समष्टिमा जीटीए आईडलको अडिशन सम्पन्न

IMG-20250123-WA0248

युवा प्रतिभाहरुलाई संगीत क्षेत्रमा उड्नलाई रनवे प्रदान गरेको हो: अनोश थापा

खरसाङ: जीटीए आईडलको अडिशनको क्रममा तीनधारे महानदी समष्टिमा‌ पनि अडिशन सम्पन्न भएको छ। तीनधारे महानदी समष्टिलाई लिएर सम्पन्न जीटीए आईडलको अडिशन तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भएको छ।‌ यस अवसरमा तीनधारे महानदी समष्टिबाट जम्मा २२ जनाले अडिशन दिएका छन्। यस अडिशनमा निर्णायकको रुपमा वरिष्ठ गायिका डेजी बराइली, गायक संगीतकार पवन राई नामदुङ र वरिष्ठ गीतकार पुरण गिरी उपस्थित रहेका थिए‌। यसको साथै प्यानल जुरीमा वरिष्ठ संगीतकारहरु सुरेन बम्जन, गौतम मोक्तान, बरुण रसाईली, गीतकार सुकुमार बराईली, अरुणा छेत्री सुन्दास उपस्थित थिए। तीनधारे महानदी समष्टिभरिबाट अडिशन दिएका २२ जनाबाट टप ५ जना चयन गरिएको छ। ती पाँचजनामा अभिषेक लकान्द्री, सुनिता दर्नाल, साजन लेप्चा, राजु वाईबा र हेमन्त सुन्दास चयन भएका छन्‌। पाँचैजनाले म्युजिक तीनधारे ब्याण्डको साथमा लाइभ प्रस्तुति दिएका छन्। ती पाँचजनामा अभिषेक लकान्द्रीलाई तीनधारे महानदी समष्टिबाट चयन गरिएको छ भने उनलाई खरसाङ महकुमा स्तरीयमा पठाइने भएको छ। आजको कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभासद नवराज छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा उपस्थित रहेका थिए‌। कार्यक्रमलाई युवराज सुन्दासले सञ्चालन गरेका थिए। यस अवसरमा निर्णायक पवन राई नामदुङ र गायक कर्म मोक्तानले पनि आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाले आफ्नोे सम्बोधनमा हामीले जीटीए क्षेत्रका युवा प्रतिभाहरुलाई भारतीय नेपाली संगीतको आकाशमा उड्नलाई रनवे तयार पारि दिएको र यसबाट युवाहरुले सफलता पाएर आफ्नो सांगीतिक यात्रालाई अघि बढाउनु पर्ने बताएका छन्। कार्यक्रमलाई क्षेत्रीय सभासद नवराज छेत्रीले पनि सम्बोधन गरेका थिए। यस अडिशन कार्यक्रममा‌ भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, संगीतकार एजाज अलि, सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक एंव वरिष्ठ साहित्यकार विमल राई लगायत तीनधारे महानदी समष्टिको वरिष्ठ व्यक्तित्वहरु उपस्थित रहेका थिए। कार्यक्रममा निर्णायकहरु र जुरी प्यानलका सदस्य सदस्यहरुलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको थियो। तीनधारे महानदी समष्टिमा सम्पन्न जीटीए आईडलको अडिशन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कार्यकारी सभासद अनोश थापाले जीटीए आईडल अन्तर्गत जीटीएभरिका सबै समष्टिहरुमा अडिशन गरिने र एउटा समष्टिबाट एकजना चयन गरिने साथै समष्टिबाट महकुमामा‌ अडिशन हुने अनि जीटीए आईडलको ग्राण्ड फिनाले आगामी मार्च महिनाको अन्त्यतिर हुने जानकारी गराएका छन्।

कार्यकारी सभासद अनोश थापाले जीटीए आईडलको विजेतालाई अढाई लाख रुपियाँ नगदराशि र सूचना अनि सांस्कृतिक विभागमा काम दिलाउने जानकारी गराएका छन्। जीटीए आईडल समष्टि स्तरीय कमिटीको उपाध्यक्ष सन्तोष लामाले पनि तीनधारे महानदी समष्टिमा आयोजित अडिशन विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement