सिलगढी: सुपरिचित सङ्गीतकार पद्मश्री काजी सिंह (विद्यार्थी)को मंगलबार राति सिलगढीको एउटा नर्सिङ होममा उपचारको क्रममा निधन भयो। अनुसूचित जाति संयुक्त मञ्च तर्फबाट मुख्य सल्लाहकार सुरज नौवाग, प्रचारप्रसार सचिव अविनाश मोथे, कार्यकारी सदस्य विक्रम शाहशंकरले उनको निवासस्थान ७ माइल स्थितमा पुगेर पार्थिव शरीरलाई श्रद्धा सुमन अर्पित गरे साथै परिवारलाई शोक संवेदना प्रकट गरे। ज्ञात रहोस् २२ दिसम्बर २०२४ को दिन अनुसूचित जातिलाई लिएर महाअधिवेशन गरेको थियो। जसमा पद्मश्री काजी सिंहलाई अनुसूचित जाति संयुक्त मञ्चको तर्फबाट सम्मान गरिएको थियो। अस्वस्थका कारण उहाँ त्यस दिन उपस्थित नरहेको कारण गत ४ जनवरी २०२५ को दिन उनलाई सिलगढी स्थित निजी बासस्थानमा गएर मञ्चको तर्फबाट उहाँलाई सम्मान हस्तान्तरण गरिएको थियो। उनी ८० वर्ष पुगेका थिए। उनी लामो समयदेखि मृगौला रोगले पीडित थिए। उनको निधनले नेपाली सङ्गीत जगतमा क्षति भएको छ। उनी मादलका एक जना विशेषज्ञ थिए। भारत सरकारले उनलाई उनको यस सङ्गीतप्रतिको लगाउ एवं निपुन्ता देखेर वर्ष २०२२ मा उहाँलाई राष्ट्रपति द्वारा पद्मश्री सम्मान गरिएको थियो।
यो सङ्गीत जगतलाई मात्रै छती नभएर अनुसूचित जातिलाई पनि धेरै क्षति भएको छ, उनी आफ्नो सम्पूर्ण जीवनमा नेपाली लोक सङ्गीतमा प्रयुक्त हुने एक महत्वपूर्ण वाद्य यन्त्र यादवलाई श्रीमादल नामाकरण गरेर यसको बारेमा जानकारी अनि जागरुकता फिँज्याउन तथा दस्तावेजीकरण गर्न समर्पित गरे। यस्ता अमूल्य धरोहर पद्मश्री काजी सिंहको निधनले हाम्रो लोक संसारमा एक तमासको रिक्तता उत्पन्न भएको अनुभव भइरहेको छ भारतका मात्र नभएर विश्वभरिका गोर्खाहरुको मनै छुने अनि खुट्टाहरूलाई नाचुँ नाचुँ बनाउने मादलका हाम्रा पारखी पद्मश्री काजी सिंहका औंलाहरू आज स्तब्ध बनिएको अनुसूचित जाति संयुक्त मञ्चका मुख्य सल्लाहकार सुरज नौबागले बताएका छन्। उनी अनुसूचित जाति संयुक्त मञ्चका केसियर सञ्जय पर्तेलका निजी बडा पनि हुन्। उनी साठीको दशकमा हिन्दी चित्रपट टोलीमा मादले समेत रहिसकेका थिए।










