धार्मिक पर्यटन स्थलको रुपमा विकसित गरिने
खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको अप्पर गैरी गाउँमा १४ फिटको गुरु रिपोर्छे (गुरु बज्र गुरुको मूर्ति (कु) अनावरण गरिएको छ। उक्त गुरु रिपोर्छेको सालिग घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको आयोजनामा स्थापना गरिएको छ। उक्त गुरु रिम्पोर्छेको मूर्ति (कु) प्राण प्रतिष्ठा र पूजा अर्चना गरेर आज उदघाटन गरिएको छ। उक्त गुरु रिम्पोर्छेको सालिग अनावरण एंव उदघाटन अतिथि रिबा लोपचन लामा र उनकी पत्नी प्रिया पण्डित लोपचनको बाहुलीबाट गरिएको छ। यस अवसरमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे पनि उपस्थित रहेका थिए। आज उदघाटन गरिएको गुरु रिम्पोर्छेको सालिग राखिएको गुम्बालाई महाबोधी मिनाष्ट्री नाम राखिएको छ। गुरु रिम्पोर्छेको सालिग साथै यस गुम्बा अब सर्वसाधारणको लागि खुल्ला गरिएको र यसलाई अब धार्मिक पर्यटन स्थलको रुपमा राखिएको बताइएको छ। यस सालिगको उदघाटन साथै पूजा अर्चना कार्यक्रम घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको आयोजनामा आजदेखि थालिएको छ। यो पूजा अर्चना कार्यक्रम २४ र २५ जनवरीसम्म जारी रहने भएको छ। यस तीन दिवसीय पूजा अन्तर्गत २५ जनवरीको दिन वाङ वितरण गरिने कार्यक्रम सम्पन्न हुने भएको छ। उक्त गुरु रिम्पोर्छेको सालिग निर्माण गर्नलाई गुरुजी मिङमा पासाङ (अमर लामा)को दिशा निर्देशनमा गरिएको बताइएको छ। यहाँ गुरु रिम्पोर्छेको सालिग स्थापनासितै घैयाबारी क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकसित गरिने साथै यस क्षेत्रको शान्ति मानव रक्षाको लागि स्थापना गरिएको बताइएको छ। उ

क्त गुरु रिम्पोर्छेको सालिग अनावरण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको सभापति तथा गुरु मिङमा पासाङ (अमर लामा) र सचिव नयन खातीले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले आज उदघाटन गरिएको गुरु रिम्पोर्छेको सालिग सर्व धर्मको लागि रहेको र यसलाई धार्मिक स्थलको रुपमा विकसित गरिने भएको छ। अब यहाँ स्थापना गरिएको गुरु रिम्पोर्छेको सालिग दर्शन गर्नलाई सर्वसाधारणको लागि खुल्ला रहेको जानकारी गराएका छन्।










