दार्जिलिङ: आज दार्जिलिङको साउथफिल्ड कलेजको डेमिनियन प्रेक्षागृहमा नेपाली विभागद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा सिक्किम विश्वविद्यालयका उप प्राध्यापक डा.देवचन्द्र सुब्बाको नेतृत्वमा विद्यार्थीवर्गको उपस्थिति रहेका थिए। प्रा. सदिप प्रधानले साउथफिल्ड कलेजको तर्फबाट अतिथिहरूलाई स्वागत गरे अनि विभाग प्रमुख कुशल घिमिरेको बाहुलीबाट माल्यार्पण गरियो।

डा. सुब्बाले आफ्नो स्नातकोत्तर तहका विद्यार्थीहरू जसले आफ्नो पाठ्यक्रममा भारतीय नेपाली साहित्य लिएर पढिरहेका छन् उनीहरूलाई दार्जिलिङ शैक्षिक भ्रमणको अवधि हरेक वर्ष साउथफिल्ड कलेजमा आफ्नो विद्यार्थीहरूलाई लिएर उपस्थिति दिएका हुन्छन्। यसरी नै यस वर्ष पनि साउथफिल्ड कलेजको प्रेक्षागृहमा डा. सुब्बा आफ्नो छजना विद्यार्थीहरूलाई लिएर उपस्थित भएका थिए। कार्यक्रममा उनले साहित्यको महत्त्व बुझाउँदै भारतीय साहित्यको चर्चा गरे अनि साँचो अर्थमा भारतीय साहित्य त्यो हो जसमा भारतीय समाजको यथार्थ चित्रण भएको हुन्छ भने। उनले अझ लैनसिंह बाङ्देलको मुलुक बाहिर उन्यासलाई भारतीय नेपाली साहित्यको लहरमा राख्न मिल्दैन भन्ने कुरा पनि बताए। उनले सम्पूर्ण विद्यार्थीलाई आउने भविष्यमा भारतीय साहित्यमाथि काम गर्ने सक्ने सम्भावित क्षेत्रहरू पनि बताए।

कार्यक्रममा अन्तरक्रियका निम्ति पहिलो, तेस्रो अनि पाँचौ सत्रका विद्यार्थीको उपस्थिति थिए। अन्तमा धन्यवाद ज्ञापन दिदै प्रा. सदिप प्रधानले चौरस्ता स्थित आदि कवि भानुभक्तको प्रतिमा तलतिर देवनागरीमा नेपालीको जातीय कवि लेखिएको छ भने अङ्ग्रेजीमा नेशनल पोयेट लेखिएको छ भन्ने प्रसङ्ग उठाए।

यसका निम्ति हामी नेपाली साहित्य पढने विद्यार्थीहरू सचेत हुन पर्ने अवगत गराए। कार्यक्रममा सिक्किम विश्वविद्यालय नेपाली विभागका विद्यार्थीवर्ग अनि साउथफिल्ड कलेजका नेपाली विभागका विद्यार्थीवर्ग लगायत प्राध्यापक – प्राध्यापिका आदिको उपस्थित रहको कुरा एक विज्ञप्ति मार्फत प्रा सन्ध्या राईले जनाएकी छन्।










