खरसाङ: खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभाग र खरसाङको गिध्द पहाडस्थित नेताजी म्युजियमको संयुक्त आयोजनामा नेताजी सुभाषचन्द्र बोसको १२८औं जन्म वार्षिकी समारोह सम्पन्न भएको छ। खरसाङको गिध्द पहाडस्थित नेताजी म्युजियमको प्रांगनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनिर्बन दामको अध्यक्षाता र नेताजी म्युजियमको चेयरम्यान तथा खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। यस अवसरमा प्रमुख अतिथि साथै अतिथिहरुका बाहुलीबाट नेताजी सुभाषचन्द्र बोसको सालिगमा माल्यार्पण साथै धुप दीप प्रज्ज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको थियो। त्यसपछि म्युजियम अघि कार्यक्रम सम्पन्न कार्यक्रमलाई निमा तेञ्जी शेर्पाले सञ्चालन गरेको कार्यक्रमलाई महकुमा सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनिर्बान दामले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा नेताजी सुवासचन्द्र बोसको जीवनी र उनको बहुमूल्य योगदान साथै गोर्खाली स्वतन्त्रता सेनानीहरु विषयमा वरिष्ठ साहित्यकार ऋषि राईले वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपकले आफ्नो सम्बोधनमा गिध्द पहाडस्थित घरमा नेताजी सुवासचन्द्र बोसलाई नजरबन्द गरेर राखिएको बताउँदै आज हामीले यहाँ नेताजी जयन्ती पालन गर्नु पाउनु गर्वको कुरा रहेको बताएका छन्। उनले नेताजीको जन्म जयन्ती समारोह पालन गर्नु मात्रै होइन तर नेताजीको सिद्धान्त र कार्यहरुलाई प्रतिपादन गर्नु आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा डीएमडीसी प्रशनजीत चौधरी र देवाज्योति बरालले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन नेताजी म्युजियमको ईन्चार्ज गणेश प्रधानले राखेका थिए। कार्यक्रममा लोक प्रसार प्रकल्प विभागका कलाकारहरुले देशभक्ति गीतहरु प्रस्तुत गरेका थिए। नेताजी जन्म जयन्ती समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनिर्बान दामले खरसाङको गिध्द पहाडस्थित नेताजी म्युजियममा नेताजीको १२८औं जन्म वार्षिकी समारोह पालन गरिएको बताउँदै यस म्युजियममा नेताजी सुवासचन्द्र बोसलाई नजरबन्द गरेर राखिएको जानकारी गराएका छन्। उनले यही घरमा नजरबन्द गरेर राखिएको समयमा उनले महत्वपूर्ण पत्रहरु लेखेको पनि जानकारी गराएका छन्। यसै क्रममा गिध्द पहाडस्थित नेताजी म्युजियमको इन्चार्ज गणेश प्रधानले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिन्दै हालमा रहेको नेताजी म्युजियममा नेताजी सुभाषचन्द्र बोसलाई सन् १९३६ तिर अंग्रेजले नजरबन्द गरेर राखेको जानकारी गराएका छन्।











