खरसाङ पञ्चायत समितिको आयोजनामा भोइस अफ् खरसाङको अडिशन सम्पन्न

IMG-20250123-WA0227

१७ जना माघे मेला उत्सवको लागि चयन

खरसाङ: खरसाङ पञ्चायत समितिको आयोजनामा हुन‌ गईरहेको तीन दिवसीय माघे मेला उत्सव अन्तर्गत आजदेखि भोइस अफ् खरसाङ शुरु भएको छ। खरसाङ पञ्चायत समितिको आयोजनामा ग्रामीण क्षेत्रका युवा प्रतिभाहरुलाई लिएर आयोजना गरिएको भोइस अफ् खरसाङ ग्रामीण अन्तर्गत खरसाङ खण्डको १४ वटै ग्राम पञ्चायतहरुका युवा प्रतिभाहरुलाई लिएर आज खरसाङको क्याम्ब्रिज स्कूलमा अडिशन राउण्ड सम्पन्न भएको छ। यस अडिशन राउण्डमा विभिन्न ग्राम पञ्चायतहरुका युवाहरु प्रतिभाहरु जम्मा ६० जनाभन्दा बेसीले आफ्नो प्रस्तुति दिएका छन्। यस अडिशनमा निर्णायकको रुपमा संगीतकार रुपेस रसाईली – खरसाङ, संगीतकार रामकुमार छेत्री -सिटोङ, संगीतकार आनन्द विश्व गाडीधुरा र गायिका सुरक्षा सेञ्चुरी, मिरिक, सौरेनी उपस्थित रहेका थिए। कार्यक्रमलाई अनुसा लामाले सञ्चालन गरेका थिए‌। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा नारी शक्ति खरसाङकी सचिव जैतुन निशा खातुन, कर्माध्यक्षहरु भक्तिमान तामाङ,बीरेन्द्र तामाङ, दिनेश तामाङ लगायत पञ्चायत समिति सदस्य सदस्याहरु क्रमैले कुसाङ लामा, अनिरा तामाङ, कुसुम तामाङ, सञ्चिता तामाङ, बबी तामाङ, रिता राई, यङमित लेप्चा साथै घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा आदि उपस्थित रहेका थिए‌।‌ यस अडिशनबाट १७ जना चयन गरिएको छ जसले आगामी ३१ जनवरीदेखि दूधेको डम्फेटारमा हुने तीन दिवसीय माघे मेला उत्सवको दोस्रो दिन १ फरवरीमा प्रस्तुति दिने भएका छन्। यस भोइस अफ् खरसाङ ग्रामीणमा‌ प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार प्रदान गरिने भएको छ। यसको साथै प्रथम हुनेलाई जीटीए‌ आईडलको लागि खरसाङ महकुमा स्तरमा सोझै स्थान पाउने भएको छ। आज सम्पन्न भोइस अफ् खरसाङको अडिशन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले खरसाङ पञ्चायत समितिको आयोजनामा माघे मेला उत्सव केवल नाँच्नु गाउनु मात्रै होइन तर ग्रामीण क्षेत्रका युवा प्रतिभाहरुलाई मञ्च प्रदान गर्नु साथै ग्रामीण पर्यटन र एडभेञ्चर टुरिज्मलाई अघि लानु रहेको बताइन्। उनले‌तीन दिवसीय माघे मेला उत्सवको एक भागको रुपमा भोइस अफ् खरसाङ ग्रामीण आयोजना गरिएको जानकारी गराएकी छन्।

यसै क्रममा खरसाङ पञ्चायत समितिको कर्माध्यक्ष भक्तिमान तामाङले खरसाङ पञ्चायत समितिको आयोजनामा भोइस अफ् खरसाङ ग्रामीण आयोजना गरिएको र यसको अडिशनबाट जम्मा १७ जनालाई चयन गरिएको छ जसले माघे मेला उत्सवको दोस्रो दिन १ फरवरीमा खरसाङको दुधेस्थित डम्फेटारमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।‌ भोइस अफ् खरसाङको अडिशनबाट ६० जनाभन्दा बेसीले अडिशन दिएपछि निर्णायकगणले‌ १७ जनालाई चयन गरेका छन्। चयन भएका १७ जनामा साङ्गे तामाङ, कलिम तामाङ, सतीश राई, प्रिया गुरुङ, योगेस राई, अंशिका सार्की, एडवीन भुजेल, शाहिद राई, देविका पाख्रिन, नयस लामा, सबिना लेप्चा, सुशान्त मोक्तान, शाहरुख राई, अदीप राई, रोहित राई, सुजता लामगादे, शबनम गजमेर आदि रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement