काकड़भिट्टा: भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृतकमध्ये चार जना नेपाली पनि छन्।
बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो।
मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, नन्दराम विश्वकर्मा, कमला भण्डारी, हिमु विश्वकर्मा लगायत रहेका छन्।