इम्फाल: मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले नेताजी सुभाष चन्द्र बोसको जयन्तीमा उनीप्रति श्रद्धाञ्जलि चडाए। नेताजीको अदम्य साहस औ दूरदर्शी नेतृत्वलाई उनले नमन गरे।
मुख्यमन्त्रीले ट्वीट गरी भने, मणिपुरमा नेताजीको ऐतिहासिक सम्बन्ध जहाँ मोइरांगमा पहिलो पटक आईएनएको झण्डा फहराइएको थियो, हाम्रो इतिहासको गर्वपूर्ण क्षण हो। उनले भने, आउनुहोस्, उनको विरासतबाट प्रेरणा लिएर एकजुट अनि समृद्ध राष्ट्रको निर्माण गरौं।











