बिजनबारी: आज बिजनबारी डिग्री कालेजको एक प्रेक्षागृहमा स्व तिलबहादुर ट्रष्ट नयाँ बस्तीद्वारा एक कार्यक्रम आयोजन गरियो। ट्रष्टका संस्थापक तथा सभापति सुजन हाङ्द्वारा अध्यक्षता गरिएको यस कार्यक्रममा रेलिङ उच्चतर माध्यमिक विद्यालयका छात्रा एलिशिवा राईलाई स्व तिलबहादुर सुब्बा ट्रष्टको पक्षबाट सम्मान पत्र अनि छात्रा वृत्ति प्रदान गरियो। शिक्षाको क्षेत्रमा सरकारी स्कूलका विद्यार्थीहरुलाई विशेष ऊर्जा र प्रोत्साहन प्रदान गर्ने उद्देश्य राखेर बितेको वर्ष एक नोभेम्बर २०२१ को दिन स्थापित भएको यस ट्रष्टले माध्यामिक परीक्षा र उच्चत्तर माद्यामिक परीक्षामा उत्कृष्ट प्रतिशत लिएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान अनि छात्रा वृत्ति प्रदान गर्ने गर्छ। यसै सन्दर्भमा विगत जुलाई महिनामा लोवर चुङथुङ उच्च विद्यालयका माध्यमिक परीक्षाका छात्र समर्पण राईलाई सम्मान अनि छात्रवृत्ति प्रदान गरियो भने आज रेलिङ उच्चतर माध्यमिक विद्यालयका छात्रा एलिशिवा राईलाई उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट प्रतिशत लिएर उत्तीर्ण भएकोमा सम्मान पत्र अनि छात्रा वृत्ति प्रदान गरियो। दीपक राईद्वारा संचालित कार्यक्रममा सभापति सुजन हाङले विद्यार्थी हरुलाई विशेष पढाईको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्य राखेर उक्त ट्रष्ट आफ्नो स्व पिताको स्मरणमा स्थापना गरेको बताए।