अभिषेक शर्माको रेकर्ड अर्द्धशतक

IMG-20250123-WA0127

काेलकत्ता: अभिषेक शर्माले ईंग्ल्याण्डविरुद्ध ५ वटा म्याचको सीरीजअन्तर्गत पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा ब्याटको साथ असाधारण प्रदर्शन गरे अनि केवल ३४ बल खेलेर ७९ रन बनाए। आफ्नो यस विध्वंशी ईनिंग्सको अवधि उनले केवल २० बलमा अर्द्धशतक पूरा गरे, जुन ईंग्ल्याण्डविरुद्ध कुनै पनि भारतीय ब्याटरको दोस्रो सबैभन्दा तेज अर्द्धशतक हो। अभिषेक केवल आफ्नो गुरु युवराज सिंहभन्दा पछि छन्। युवराजले २००७-को टी२० वर्ल्ड कपमा ईंग्ल्याण्डविरुद्ध केवल १२ बलमा अर्द्धशतक बनाएका थिए। त्यस म्याचमा उनले स्टुअर्ट ब्रडको ६ बलमा ६ छक्का लगाएका थिए। त्यो रेकर्ड लामो समयसम्म कायम रह्यो। अभिषेको निम्ति टी२० इण्टरनेशनल करियरको शुरुवात असल रहेको छ। उनले जिम्बाब्वेविरुद्ध आफ्नो टी२० इण्टरनेशनल करियरको दोस्रो म्याचमै शतक बनाएका थिए। त्यसपछि अधिकांश म्याचमै उनी चाँड़ै आउट भए पनि ईंग्ल्याण्डविरुद्ध बुधवार खेलिएको ईनिंग्सको साथ उनले आफू फर्ममा रहेको संकेत दिएका छन्। उनले म्याचमा ८ वटा छक्का र ५ वटा चौका लगाए। अभिषेकले अहिलेसम्म १३ वटा टी२०आई म्याचमा २७.९१-को औसत र १८३.०६-को स्ट्राईक रेटले ३३५ रन बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement