गान्तोक: सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीले आजदेखि आफ्नो सदस्यता नवीकरण अभियान शुरू गरेको छ। यस क्रममा गान्तोकस्थित पार्टी मुख्य कार्यालय, नाम्ची र जोरथाङमा पार्टी कार्यकर्ता भेला भएर सदस्यता नवीकरण अभियान शुरू गरिएको एसडीएफले विज्ञप्तिमा जनाएको छ।
एसडीएफ अध्यक्ष पवन चामलिङले आफ्नो २०२५ को सदस्यता नवीकरण गरेर यो अभियानलाई शुभारम्भ गर्ने अनुमति प्रदान गरेको बताइएको छ। आज अनलाइन र प्रत्यक्ष सहभागिता जनाएर धेरै सदस्यहरुले आफ्नो सदस्यता नवीकरण गरेको पनि विज्ञप्तिमा उल्लेख छ। यो अभियान अब निरन्तर चलिरहने पार्टीले जनाएको छ।