मुख्यमन्त्रीको प्रशंसा गरे गायक कैलाश खेरले

IMG-20250122-WA0273

गान्तोक: पद्मश्री पुरस्कारले सम्मानित प्रसिद्ध गायक कैलाश खेरले जोरथाङ माघे संक्रान्ति मेलालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याति दिलाउन मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका दूरदर्शी प्रयासहरूको खुलेर प्रशंसा गरेका छन्। महोत्सवको समापन समारोहमा आफ्नो साङ्गीतिक प्रस्तुत दिॅंदै खेर र उनको ब्यान्ड कैलासाले सिक्किमको सांस्कृतिक सम्पदालाई विश्वव्यापी मञ्चमा प्रदर्शित गर्ने मुख्यमन्त्रीको प्रतिबद्धताको प्रशंसा गरे। आफ्नो साङ्गीतिक प्रस्तुतिको क्रममा बोल्दै खेरले भने, ‘मुख्यमन्त्री तामाङ मेरो भाइ जस्तै हुनुहुन्छ र जोरथाङ माघे मेलालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उहाँको प्रयास साँच्चै उल्लेखनीय छ।’ उनले माघे मेलालाई भारतको सांस्कृतिक परिदृश्यमा एक प्रमुख कार्यक्रमको रूपमा स्थान दिनुपर्ने कुरामा जोड दिँदै देशका अन्य प्रसिद्ध महोत्सवहरू जस्तै ध्यान आकर्षित गर्न सक्ने यस महोत्सवको सम्भावनामाथि प्रकाश पारे। सिक्किमप्रति आफ्नो निःशर्त समर्थन व्यक्त गर्दै गायक खेरले भने, ‘म सधैं सिक्किम र यसका पहलहरूको साथमा उभिनेछु।’ माघे मेलाको सांस्कृतिक र वैश्विक महत्व बढाउन मुख्यमन्त्रीका प्रयासहरूको व्यापक प्रशंसा भइरहेको छ। कैलाश खेरको समर्थनले महोत्सवको प्रतिष्ठामा एक नयाँ आयाम थपिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement