सिक्किमको राज्यपालसॅंग शिष्टाचार भेट गरे राज्य सूचना विज्ञान केन्द्रका अधिकारीहरूले

IMG-20250122-WA0274

गान्तोक: सूचना विज्ञान केन्द्र, इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालय, भारत सरकार, सिक्किम राज्य एकाईका अधिकारीहरूले आज राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे।
अधिकारीहरूको टोलीलाई राज्य सूचना विज्ञान अधिकारी (सिक्किम) डा. एलपी शर्माले अगुवाई गरेका थिए। यस भेट अवधि डा. शर्माले राज्यपाललाई सिक्किम राज्यमा चलिरहेको डिजिटल इण्डिया पहलहरू जस्तै ई-डिस्ट्रिक्ट, ई-जेल, ई-अफिस, सार्वजनिक वितरण प्रणाली, ई-परिवहन, ई-टेण्डरिङ, क्लाउड आदिको बारेमा जानकारी दिए। यस अतिरिक्त, उनले राष्ट्रिय सूचना केन्द्र, सिक्किम राज्य एकाईको परियोजना प्रोफाइलको एक प्रति राज्यपाललाई प्रदान गरे।यसैगरी, उनले विभिन्न मुद्दाहरू र चुनौतीहरूको बारेमा पनि राज्यपाललाई जानकारी गराए। राज्यपालले ती चुनौतीहरूलाई सम्बोधित गर्न हर सम्भव सहायताको आश्वासन दिए।यस अवसर टेम्पिस जी नामग्याल, वरिष्ठ निदेशक (आईटी) एवं अतिरिक्त एसआईओ (राज्य), डीके बस्नेत, वरिष्ठ निदेशक (आईटी) एवं अतिरिक्त एसआईओ (जिल्ला), रन्जीत चामलिङ, वरिष्ठ निदेशक (आईटी) एवं एचओडी कोर सर्विसेज र विनीता लखोटिया, निदेशक (आईटी) पनि उपस्थित थिए।

About Author

Advertisement