नगदसहित सूनका गर गहनाहरू चोरी

Chhetriya-Samachar-1

गान्तोक: रानीपुल थाना क्षेत्र अन्तर्गत जालीपुल निवासी स्थानीय एक व्यक्तिको घरमा अज्ञात व्यक्ति (हरू) ले घरबाट नगदसहित सूनका गहनाहरू चोरी गरेको घटना प्रकाशमा आएको छ। पुलिस रिपोर्ट अनुसार, २१ जनवरी बिहान पीडित व्यक्ति आफ्नो किरायको कोठा बन्द गरेर काममा निक्लिएका थिए।सॉंझ फर्केर आउॅंदा उनले चोरी भएको पाए। दैलोको ताला तोड़ेर अज्ञात व्यक्ति (हरू) ले १६,५०० नगदसहित लगभग २ लाख ५० हजार रूपियॉं मूल्यका गहनाहरू चोरी गरे।घटनाको सम्बन्धमा अज्ञात व्यक्ति (हरू) विरुद्ध बीएनएस २०२३ का धारा ३०५ (ए), ३३१(३) अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement