२४ मईः ईंग्ल्याण्ड विरुद्ध पाँचौं टेस्ट म्याचको निम्ति भारतीय टीममा फर्किने चेतेश्वर पुजाराको भनाइअनुसार, आईपीएल २०२२-मा कुनै पनि टीमले नकिन्नु उनको निम्ति वरदान साबित भयो। आईपीएलको मेगा लिलामीमा बिक्री नभएपछि पुजारा ससेक्सको तर्फबाट काउण्टी क्रिकेट खेल्न ईंग्ल्याण्ड गएका थिए। काउण्टी क्रिकेटमा लगातार असल प्रदर्शन गर्दै उनी भारतीय टेस्ट टीममा फर्किन सफल भए। पुजाराले भने, तपाईं यस्तो भन्न सक्नुहुन्छ (आईपीएलमा बिक्री नहुनु फाइदाजनक भएको)। कुनै आईपीएल टीमले किनिहालेको भए पनि मैले म्याच खेल्ने मौका पाउने थिइनँ। म केवल अभ्यास गर्न (मैदानसम्म) जानु पर्थ्यो। म्याच अभ्यास र नेट अभ्यासमा फरक हुन्छ। यसैकारण काउण्टी क्रिकेटको निम्ति प्रस्ताव आउने बित्तिकै मैले स्वीकार गरे। म आफ्नो पुरानो लय फिर्ता पाउन पनि काउण्टी क्रिकेट खेल्न चाहन्थे।
पुजाराले काउण्टी क्रिकेटमा मई र अप्रेलमा ०६, २०१, १०९, १२, २०३, १६, १७० र ०३-को निजी स्कोरसहित ससेक्सको निम्ति पाँचवटा म्याच खेलेर १२०-को प्रभावशाली औसतले ७२० रन बनाएका छन्। ईंग्ल्याण्ड जान अघि पुजारालाई श्रीलंका विरुद्ध मार्चमा खेलिएको टेस्ट सीरीजमा भारतीय टीममा राखिएको थिएन। टेस्ट टीमबाट बाहिर हुन अघि आफ्नो अनुभवबारे पुजाराले भने, म केवल आफ्नो पुरानो लय हासिल गर्ने कोशिश गरिरहेको थिएँ। त्यस समय पनि मैले ८०-९०-को आँकड़ा स्पर्श गरिरहेको थिएँ। यसैकारण मलाई लयमा छुइनँ भन्ने चाहिँ लागेको थिएन। म केवल ठूलो ईनिंग्स खेल्ने प्रयासमा थिएँ। मलाई पुरानो लय हासिल गर्न १०० मात्र भएर १५० भन्दा अधिक रनको ईनिंग्स खेल्ने आवश्यकता थियो। यहाँ ईंग्ल्याण्डमा मैले त्यही गर्ने मौका पाएँ।