काेलकत्ता: भारतले पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा ईंग्ल्याण्डलाई सजिलैसँग ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले ५ वटा म्याचको टी२० सीरीजमा १-०-को अग्रता हासिल गऱ्यो। ईडन गार्डन्सको टस हारेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डको टीम २० ओभरमा १३२ रन बनाएर अलआउट भयो। जवाफमा भारतले १२.५ ओभरमै ३ विकेट गुमाएर १३३ रनको लक्ष्यलाई हासिल गऱ्यो। भारतको निम्ति ओपनर अभिषेक शर्माले सर्वाधिक ७९ रन बनाए। उनले ३४ बल खेलेर ८ वटा छक्का र ५ वटा चौका लगाए। यसबाहेक सञ्जु सेमसनले २६, तिलक वर्माले अविजित १८ र हार्दिक पाण्ड्याले अविजित ३ रन बनाए। अभिषेक र सेमसनले पहिलो विकेटको निम्ति २६ बलमा ४१ रन जोड़े। ईंग्ल्याण्डका पेस बलर जोफ्रा आर्चरले पछिबाट सेमसन र भारतीय कप्तान सूर्यकुमार यादव (०)-लाई एकै ओभरमा आउट गर्दा भारतको स्कोर २ विकेटमा ४१ रन भएको थियो। त्यहाँबाट अभिषेकले तिलकसँग तेस्रो विकेटको निम्ति ८४ रनको पार्टनरशीप गरी ईंग्ल्याण्डको चुनौतीलाई समाप्त गरे। यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डको तर्फबाट कप्तान जोस बटलरलाई छोड़ेर अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्।

बटलरले ८ वटा चौका र २ वटा छक्काको साथ ४४ बल खेलेर ६८ रन बनाए। दुवै ओपनरलाई १७ रनमै गुमाएपछि ईंग्ल्याण्डले ईनिंग्सलाई सम्हाल्न सकेन। ह्यारी ब्रूकले १७ र जोफ्रा आर्चरले १२ रनको योगदान दिए। भारतीय बलरहरूमा प्लेयर अव् द म्याच रहने स्पिनर वरुण चक्रवर्तीले केवल २३ रन खर्च गरी सर्वाधिक ३ विकेट लिए। यसबाहेक अर्शदीप सिंह, हार्दिक पाण्ड्या र अक्षर पटेलले २-२ विकेट लिए।