दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा लंगुरदांग गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-ले फाइनलमा प्रवेश गऱ्यो। बुधवार भएको दोस्रो सेमिफाइनल म्याचमा एलजीएसए-ले बोयज स्पोर्टिंग क्रू (बीएसके)-विरुद्ध ५-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पाल्देन तामाङ, करण थापा, स्टेफन जूनियर, करण राई र आकाश सुन्दासले गोल गरे। यसरी बीएसके-को तर्फबाट बक्सर प्रधानले गोल गरे। पाल्देन तामाङले प्लेयर अव् द म्याचको ट्रफी जिते। अब शनिवार खेलिने फाइनलमा लंगुरदांग गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए) र जर्जियन फूटबल क्लबबीच भिड़न्त हुनेछ । यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









