३ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा शनिवार दुईवटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पूल ई-को म्याचमा युनाइटेड फेलोशिप स्पोर्टिंग क्लबले होली लाइन फूटबल क्लबलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट दर्पण तामाङले २ अनि सुशिल शर्माले १ गोल गरे। यसरी नै होली लाइन फूटबल क्लबबाट प्रेणुप राई र उत्तम राईले १-१ गोल गरे। यसरी नै युनाइटेड भूटिया बस्ती एफसी र मार्भिक स्पोर्टिंग क्लबबीच खेलिएको दोस्रो म्याच (ग्रुप एफ) २-२-ले ड्र रह्यो। युनाइटेड भूटिया बस्ती एफसी-बाट नावांग र अभिषेक तामाङले १-१ गोल गरे। यसरी नै मार्भिक स्पोर्टिंग क्लबबाट छोग्याल तामाङले २ गोल गरे।