नाम्ची: पाँच दिवसीय आधिकारिक भ्रमणमा रहेको भारतको १६औं वित्त आयोगको प्रतिनिधि टोलीले आज नाम्ची जिल्लाको भ्रमण गऱ्यो। प्रतिनिधि टोलीमा सदस्यहरू श्रीमती एनी जर्च मेथ्यू, श्रीमती प्रमिला राजवन्शी अनि अन्य रहेका छन्। वित्त आयोगका सदस्यहरूलाई अगुवाइ गरेर सिक्किम सरकारको वित्ता विभागाका अधिकारीहरू पनि नाम्ची पुगेका थिए। नाम्ची आइपुग्दा वित्ता आयोगका सदस्यहरूलाई पञ्चायत अध्यक्ष श्रीमती रेनुका बराइली अनि पञ्चायत सदस्यहरूले स्वागत जनाएका थिए।
नाम्ची पुगेपछि वित्त आयोगको टोलीले सर्वप्रथम सिद्देश्वर धाम (चार धाम) पुगेर दर्शन गरे। त्यसपछि सिद्देश्वर धामकै सभाकक्षमा स्थानीय आसङथाङ ग्राम पञ्चायत एकाईका सदस्यहरूसँग एउटा बैठक गऱ्यो। बैठकमा अन्य अधिकारीहरूको साथमा जिल्लापाल सुश्री अनुपा तामलिङ पनि विशेष उपस्थिति रहेको थियो। बैठकमा जिल्लापाल सुश्री तामलिङले जिल्लामा विभिन्न केन्द्रयी योजनाहरूको कार्यान्वयन बारे जानकारी गराइन्।
सिद्देश्वर धाम जान अघि वित्त आयोगको प्रतिनिधि टोलीले सामडुप्चेस्थित गुरू पद्मसम्भवको प्रतिमाको पनि दर्शन गरेका थिए।