सोनाम लोछार आयोजक समिति टोलीको मुख्यमन्त्रीसित भेट

IMG-20250122-WA0260

गान्तोक: सिक्किम राज्यस्तरीय सोनाम लोछार उत्सव आयोजक समितिको प्रतिनिधि टोलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरी उत्सवबारे छलफल गऱ्यो। यसबीच आगामी टोलीले मुख्यमन्त्री तामाङलाई राज्यस्तरीय सोनाम लोछार उत्सवको निमन्त्रणा दिएको थियो। उक्त उत्सव आगामी २७ जनवरीको दिन सोरेङको जौटारमा आयोजना हुने तय भएको छ। उक्त परम्परागत उत्सवमा प्रख्यात नेपाली म्यूजिक ब्याण्ड मङ्गोलियन हार्टका गायक राजु लामा साथै अर्का प्रसिद्ध गायक जोडी उदय सोताङ र मनिला सोताङ पनि सहभागी हुनेछन्। यसका साथै धेरै नेपाली सेलिब्रेटीहरू पनि उपस्थित हुने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement