गान्तोक: पाकिम जिल्लाका महिला, बाल बालिका, वरिष्ठ नागरिक साथै शारीरिकरूपमा असक्षम व्यक्तिहरूको निम्ति आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। पाकिम जिल्लाको जवाहार नवोदया विद्यालयमा आयोजित कार्यक्रममा बेटी बेटी बचाओ बेटी पढाओ अभियानको १०औं वर्षको अवसरमा आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइएको थियो। आजदेखि शुरू भएको उक्त कार्यक्रम आगामी २२ मार्चको दिन समापन हुने भएको छ। लैङ्गिक समानता प्रवर्द्धन गर्ने र शिक्षा र जागरूकता मार्फत किशोरीहरूलाई सशक्त बनाउने उद्देश्यले उक्त कार्यक्रम विभिन्न प्रकारको गतिविधि सहित शुरू गरिएको हो। उक्त कार्यक्रममा पाकिम जिल्लाका जिल्लापाल आगवाने रोहन रमेश, जेएनभीका प्रधानाध्यापक लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा बेटी बचाओ बेटी पढाओकी लैङ्गिक विशेषज्ञ कुसुम शर्माले यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारे जानकारी गराइन्। यसक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका किकबक्सिङ खेलाडी तथा किकबक्सिङमा ब्ल्याकबेल्ट प्राप्त गरेकी फुरडिकी शेर्पाले सफलताको कथा र आत्मरक्षा प्रविधिको प्रदर्शनबारेमा अनुभव साँझा गरिन्। यसरी नै जेएनभीकी छात्रा सलोनी सुनवारले लैङ्गिक समानता प्रवर्द्धन गर्ने बीबीबीपीको विषयमा नृत्य प्रस्तुत गरिन् भने बाल हेल्पलाइन सुपरवाइजर कमल लम्सालले पोक्सो ऐन, सीएचएल नम्बर, केस स्टडीज र अन्य बाल सम्बन्धित मुद्दाबारेमा छलफल गरिन्।











