गणतन्त्र दिवसलाई लक्ष्य गरेर नयाँ म्युजिक भिडियोकाे विमोचन

IMG-20250122-WA0256

खरसाङ: झारखण्डकाे राजधानी राँचीबाट गणतन्त्र दिवसकाे लक्ष्य गरेर उपलक्ष्यमा नयाँ म्युजिक भिडियो “नई उडान है” काे युटुबमार्फत विमोचन गरिएको छ। यस भिडियोलाई खरसाङको महानदी निवासी साथै वर्तमानमा झारखण्डको सशस्त्र पुलिसमा कार्यरत् जयदेव प्रधान अनि उनकी धर्मपत्नीले निर्माण गरेका छन्। यस म्युजिक भिडियोमा दम्पतिको नै निर्देशन पनि रहेको छ। यस देशभक्ति गीतमा जयदेव प्रधानको शब्द तथा भूषण मुण्डु अनि सुदन सिंहको संगीत रहेको छ। भिडियोमा खरसाङको महानदी, दिल्ली, मुम्बई अनि राँची शहरका प्रतिभाशाली बालकलाकारहरुले अभिनय गरेका छन्। यस अवसरमा निर्देशक जयदेव प्रधानले भने, “हाम्रो यो नयाँ प्रोजेक्टले दर्शकहरूलाई नैतिक शिक्षा दिने अनि एकताको सूत्रमा बाँध्नकाे निम्ति प्रेरित गर्ने कार्य गर्नेछ। यसको साथै सबैले भिडियोलाई मन पराई दिनुहुनेछ भन्ने पूर्ण आशा अनि विश्वास छ।’
जयदेव प्रधानले यस म्युजिक भिडियोलाई दर्शकहरुले धेरै माया र आशीर्वाद अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement