खरसाङ: तीनधारे सत्र माइलको युवाहरुको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको क्रिकेट टुर्नामेन्टको दोस्रो दिन दुईवटा खेल सम्पन्न भएको छ। पहिलो खेल मेथीबारी र गाडीधुरामाझ सम्पन्न भएको छ। यस खेलमा मेथीबारीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा १०३ रन बनाएको थियो। जवाबमा गाडीधुराले १५ ओभरमा केवल ७८ रन मात्रै बनाएपछि मेथीबारी २५ रनले बिजयी बनेको छ। दोस्रो खेल कोपरा इलेभेन र जंगपानामाझ खेल सम्पन्न भएको थियो। यस खेलमा जंगपानाले टस जितेर पहिला फिल्डिङ रोजेपछि कोपरा इलेभेनले पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा १५८ रन बनाएका थिए। जवाबमा जंगपानाले केवल ७२ रन मात्रै बनाएका थिए। कोपरा इलेभेनले यो खेल ८६ रनले सजिलै जितेको छ। यस खेलमा म्यान अफ् द म्याच कोपरा इलेभेनको रोहित रावत चयन भएका छन्। अब भोलि हुने खेल मन्टिभियट खरसाङ र मिरिकमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै बिजय मंगरले विस्तृत रुपमा जानकारी गराएका छन्।