१८औं सुकना गोल्ड कपः आफ्नो विजयाभियान जारी राख्दै फाइनलमा पुग्न सफल भयो रोलिंग क्लब

IMG-20250122-WA0248

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा रोलिंग क्लब (नेपाल, धुलाबारी)-ले आफ्नो विजयाभियान जारी राख्दै फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत बुधवार सुकना हाई स्कूल मैदानमा खेलिएको पहिलो सेमिफाइनल म्याचमा रोलिंग क्लबले जलपाइगढ़ी पुलिस विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट बिशाल घलेले मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे। त्यसपछि देवेन्द्र तामाङले ६५औं मिनटमा गोल गरी रोलिंग क्लबको जीत सुनिश्चित गरे। देवेन्द्र तामाङले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। अब बिहीवार खेलिने दोस्रो सेमिफाइनलमा कालेबुङ पुलिस र सुकना युनाइटेड फूटबल क्लब बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ जनवरीमा खेलिनेछ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement