३ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा जलपाइगढ़ी पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा शनिवार खेलिएको चौथो तथा अन्तिम प्री-क्वार्टर फाइनल म्याचमा जलपाइगढ़ी पुलिसले ईष्ट बेंगल जूनियर (राजगञ्ज)-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अलोद्दीनले २२औं र २८औं मिनटमा गोल गरे। यसबाहेक उत्तमले म्याचको पहिलो मिनटमै गोल गरे। जलपाइगढ़ी पुलिसका देवा-लाई प्लेयर अव् द म्याच चयन गरियो।

अब आइतवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा एसएसबी रानीडांगा र यूकेएफसी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।