खरसाङमा हिल तृणमूल कांग्रेसको पार्टी कार्यालय उदघाटन

IMG-20250122-WA0232

खरसाङ: हिल तृणमूल कांग्रेसको पार्टी कार्यालय आज खरसाङमा उदघाटन गरिएको छ‌। खरसाङको हिलकार्ट रोडमा हिल तृणमूल कांग्रेसको पार्टी कार्यालय उदघाटन कार्यक्रममा हिल तृणमूल कांग्रेसको दार्जिलिङ, खरसाङ, रंगली रङ्लियट, गोरुबथान क्षेत्रका पार्टी प्रतिनिधिहरु उपस्थित रहेका थिए‌। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै हिल तृणमूल कांग्रेसकी अध्यक्षा‌ एंव पूर्व सांसद शान्ता छेत्रीले‌ आज खरसाङको हिल कार्ट रोडमा हिल तृणमूल कांग्रेसको पार्टी कार्यालय उदघाटन गरिएको र अब पार्टी सम्बधित कार्यको लागि यसै कार्यालयमा सम्पर्क गर्न सकिने बताएकी छन्‌ उनले खरसाङमा पार्टी कार्यालय उदघाटन गरिएपछि पार्टीको गतिविधिहरु अझ सक्रिय हुने आशा रहेको बताएकी छन्। उनले यस पार्टी कार्यालय उदघाटन कार्यक्रममा दार्जिलिङ, खरसाङ, गोरुबथान, रंगली रङ्लियट क्षेत्रबाट पनि हिल तृणमूल कांग्रेसको प्रतिनिधिहरु उपस्थित रहेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement