माघे मेला उत्सव कार्यक्रममा ग्रामीण क्षेत्रका प्रतिभाहरुलाई लिएर भोइस अफ् खरसाङ आयोजना गरिने

IMG-20250122-WA0230

खरसाङ: खरसाङ पञ्चायत समितिको आयोजनामा खरसाङ खण्ड अन्तर्गत दुधेको डम्फेटारमा आगामी ३१ जनवरीदेखि २ फरवरीसम्म हुने ‘माघे मेला उत्सव’ मा ग्रामीण क्षेत्रका युवाहरुलाई लिएर भोइस अफ् खरसाङ आयोजना गरिने भएको छ। माघे मेला उत्सवको दोस्रो दिन १ फरवरीमा भोइस अफ् खरसाङको आयोजना गरिने जसमा खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुका युवाहरुलाई समावेश गरिने भएको छ। ग्रामीण क्षेत्रका युवा प्रतिभाहरुलाई लिएर आयोजना गरिने यस भोइस अफ् खरसाङको लागि २३ जनवरी खरसाङमा अडिशन गरिने भएको छ।‌ उक्त अडिशनबाट सेमी फाइनलको‌ लागि टप १० जना चयन गर्ने जसले १ फरवरीको कार्यक्रमम प्रस्तुति दिनेछन्।‌ त्यसबाट फाइनलमा टप ५ चयन गरिने भएको छ। यसमा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार प्रदान गरिने भएको छ। यसको साथै पहिलो हुनेलाई जीटीए आईडलको लागि खरसाङ महकुमा स्तरमा सोझै लाने भएको जानकारी प्राप्त भएको छ। यसको साथै तेस्रो दिन २ फरवरीमा ग्रामीण गोर्खा सुन्दर सुन्दरी प्रतियोगिता पनि आयोजना गरिने भएको छ। यसको साथै खरसाङ पञ्चायत समितिको आयोजनामा हुने ‘माघे मेला उत्सव’ मा विभिन्न एडभेञ्चर टुरिज्म अन्तर्गत फुटसल, रक क्लाईबिङ्ग, हट एयर बलुन, जिप लाइन लगायत अन्यहरु पनि रहने भएको छ। यस ‘माघे मेला उत्सव’ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खरसाङ खण्ड अधिकारी कौशिक चक्रवर्ती र कर्माध्यक्ष भक्तिमान तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement