विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरुका साथमा खरसाङमा तीन दिवसीय वाइट अर्किड फेस्टिभल हुने

IMG-20250122-WA0226

खरसाङ: खरसाङमा हुन गईरहेको तीन दिवसीय खरसाङ वाइट अर्किड फेस्टिभललाई लिएर आज आयोजक समितिको सभा सम्पन्न भएको छ। खरसाङको मन्टिभियट खेल मैदानमा आगामी २४, २५ र २६ जनवरीमा हुने भनिएको वाइट अर्किड फेस्टिभललाई लिएर चर्चा परिचर्चा गरिएको छ। सभामा तीन दिवसीय वाइट अर्किड फेस्टिभलमा आयोजना गरिने विभिन्न कार्यक्रमहरु र यसको तयारीलाई लिएर चर्चा परिचर्चा गरिएको छ।‌ सभामा सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, प्रेमेन्द्र गुरुङ, आशा मुखिया लामा, प्रनिता मुखिया घिसिङ लगायत आयोजक समितिको सदस्य सदस्याहरु उपस्थित रहेका थिए।उक्त वाइट अर्किड फेस्टिभलको पहिलो दिन २४ जनवरीमा उदघाटन समारोह हुने र यसको लागि खरसाङको बस टर्मिनलदेखि सांस्कृतिक शोभायात्रा निकालेर खरसाङ बजार परिक्रमा गरेर मन्टिभियट खेल मैदानमा पुगेर उक्त सांस्कृतिक शोभायात्रा समापन गरिने भएको छ। यस तीन दिवसीय वाइट अर्किड फेस्टिभलमा सांगीतिक ब्याण्ड प्रतियोगिता, फेशन शो जसमा गोर्खा सुन्दर र मनमोहक सुन्दरी, ६० वर्ष नाघेका वयस्क महिलाहरुका लागि वाक्कथन, म्याराथन, चुंगी प्रतियोगिता, विभिन्न फिटनेस प्रतियोगिताहरु, आर्म रेस्लिङ्ग, बेबी शो लगायत विभिन्न स्थानीय र बाहिरका चर्चित सांगीतिक टोलीको प्रस्तुति रहने भएको छ‌।

सभापछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको‌ भाइस चेयरम्यान साथै जनसम्पर्क अधिकारी सुवास प्रधान, अभिषेक गुरुङ र आशा मुखिया लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। तीनैजनाले जानकारी गराए अनुसार यस तीन दिवसीय वाइट अर्किड फेस्टिभलमा सांगीतिक, सांस्कृतिक लगायत विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरिने भएको छ। सम्पूर्ण प्रतियोगितामूलक कार्यक्रमहरुको लागि सबैले झट्टै पञ्जीकरण गरिदिने आह्वान् पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement