खरसाङ: भागोप्रमोको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभा खरसाङसथित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सचिव प्रमाण रसाईलीको विशेष उपस्थितिमा सम्पन्न भएको छ जसमा ट्रेड युनियन विभिन्न क्रियाकलापहरु र भावी कार्यक्रमहरु र साथै विभिन्न समष्टिहरुमा सभा राखिने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभामा चर्चा परिचर्चा गरिएपछि पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले विस्तृत रुपमा जानकारी गराउँदै ट्रेड युनियनको भावी योजनाहरु र आगामी सांगठनिक गतिविधि र सभाहरु राखिने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार ट्रेड युनियन खरसाङ महकुमा समितिको सभाहरु विभिन्न समष्टिहरुमा आयोजना गरिने र यस क्रममा २६ जनवरीमा सोनादा पचेङ समष्टिमा, २७ जनवरीमा टुंगो सन्त मेरिज समष्टिमा, २८ जनवरीमा महानदी तीनधारे समष्टिमा, २९ जनवरीमा पंखाबारी लङ्भ्यु अम्बटे समष्टिमा सभा आयोजना गरिने भएको जानकारी गराएका छन्। सागर गुरुङले अझ बताए अनुसार समष्टिहरुमा सभा गरेपछि ४ फरवरीमा खरसाङको पार्टी कार्यालयमा सभा गरेर समीक्षा गरिने भएको बताएका छन्। उनले ट्रेड युनियन खरसाङ महकुमा समितिले निम्नत्तम रोजगार अधिनियम, बीस प्रतिशत बोनस, श्रमिकहरुको चप्पलको पैसा, श्रमिकहरुको घर निर्माण, पीएफ, स्टाफ र सप स्टाफहरुको हाजिरा बढोत्तरी विषयमा कार्य र पहल गरिने बताएका छन्। खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले खरसाङ महकुमा समितिको हरेक समष्टिहरुमा जोनल कमिटीहरु गठन गरिने, प्रत्येक शाखा प्रशाखाहरुमा पनि कमिटी गठन गरिने भएको जानकारी गराएका छन्।