नारी शक्ति खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न

IMG-20250122-WA0223

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समिति नारी शक्तिलाई सुदृढ बनाउन हेतु सांगठनिक सभा खरसाङ महकुमा समितिको पार्टी कार्यालयमा सम्पन्न भएको छ। सभामा खरसाङ भागोप्रमो खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइलीकोे विशेष उपस्थितिमा भागोप्रमोका केन्द्रीय समिति अध्यक्षा अनु छेत्री प्रधानकोे सभापतित्व सभा सम्पन्न भयो। सभामा विभिन्न विषयहरुमा चर्चा परिचर्चा गरेपछि पूर्ण खरसाङ महकुमा नारी समिति गठन गर्नकोे निम्ति छजनाकोे सलाहकार समिति गठन गरिएको छ। उक्त सल्लाहकार कमिटीले आगामी २७ जनवरीकोे दिन १३ वटै समष्टिका सभासदहरु, नारी शक्तिका सभापति-सचिव, सम्पूर्ण पर्यवेक्षक अनि खरसाङ टाउन कमिटी नारी शक्तिका सभापति सचिवबआदुलाई लिएर पूर्ण खरसाङ महकुमा नारी शक्ति गठन गरिने निर्णय लिइएको भागोप्रमो नारी केन्द्रीय शक्तिका अध्यक्षा अनु छेत्री प्रधानले बताएकी छन्। यस सभालाई नारी शक्ति खरसाङ महकुमा समितिको सचिव जैतून निशा खातुनले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement