पद्मश्री पुरस्कारले सम्मानित सङ्गीतकार काजी सिंहको निधन: सिक्किमका मुख्यमन्त्रीद्वारा शोक प्रकट

Padma_Shri_Kaajee_Singh

गान्तोक: पद्मश्री पुरस्कारले सम्मानित नेपाली संसारका सुपरिचित सङ्गीतकार काजी सिंहको निधन भएको छl उनको निधनले नेपालि सङ्गीतको क्षेत्रमा गतिलै क्षति पुगेको छl उनको निधनमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो शोक प्रकट गरेका छन्। काजी सिंहको निधनले अपूरणीय क्षति भएको बताउॅंदै शोक सन्तप्त परिवारमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो समवेदना प्रकट गरेका छन्। आज फेसबुक पोस्टमा जारी आफ्नो शोक सन्देशमा मुख्यमन्त्री तामाङले पद्मश्री पुरस्कारले सम्मनित सुपरिचित सङ्गीतकार काजी सिंहको निधनमा गहिरो दु:ख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। सङ्गीत र संस्कृतिको क्षेत्रका ज्ञाता रहेका काजी सिंहको निधनले समग्र जातिलाई अपूरणीय क्षति भएको बताएका छन्। काजी सिंहले सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नका साथै लोक सङ्गीत र वाद्ययन्त्रहरूका बारेमा पाँच वटा भन्दा बढी पुस्तकहरू लेखिसकेका छन्l यी सबै कार्यले सांस्कृतिक क्षेत्रमा उत्साहीहरू र अनुसन्धानकर्ताहरू दुवैक लागि महत्त्वपूर्ण खजानाको रूपमा काम गर्ने मुख्यमन्त्रीले बताएका छन्। राज्यको जनताको पक्षमा मुख्यमन्त्रीले शोक सन्तप्त परिवार, शुभचिन्तक र प्रशंसकहरूमा गहिरो समवेदना व्यक्त गरेका छन्। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उनको विरासतले जातिको सम्पदाको संरक्षण गर्न र मनाउन प्रयासरत व्यक्तिहरूलाई मार्गदर्शन गरिरहुन् भन्ने कामना मुख्य\मन्त्रीले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement